बिर्तामोड, फागुन २३ । न्यू स्टार क्लब बिर्तामोड ७ को आयोजनामा लागूऔषध दुर्व्यसनी रोकथाम, नियन्त्रण तथा सचेतना कार्यक्रम हिजो सम्पन्न भएको छ ।

बिर्तामोड ७ रेखा टोल राजवंशी वारीमा सम्पन्न कार्यक्रमको समन्वय बिर्तामोड नगरपालिका ७ नं वडा कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडले गरेका थिए । क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल , वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले अभिभावकहरुले आफ्ना छोराछोरीको कुरामा मात्र पूर्ण विश्वास गर्न नहुने भन्दै त्यसरी धेरै माया गर्दा छोराछोरीहरु बिग्रने सक्ने बताइन् । वडा नं ७ का वडाध्यक्ष खरेलले लागूऔषधका विरुद्ध वडा कार्यालयले शून्य सहनशीलता अपनाउने बताए भने वडा नं ६ का वडाध्यक्ष कन्दङ्वाले आफू पहिला सही हुने हो भने मात्र अरुलाई सही बाटोमा ल्याउन सकिने धारणा राखेका थिए । क्लबका उपाध्यक्ष डम्बर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सृष्टि प्रतिष्ठानका बलराम पनेरुले गरेका थिए । कार्यक्रमको संचालन सचिव सरोज न्यौपानेले गरेका थिए ।क्लबले कार्यक्रमको पूर्वसन्ध्यामा बिर्तामोड ७ मा सचेतनामूलक मोटरसाइकल र्याली आयोजना गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्