झापा , फागुन २४ । नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समूहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि उडेको आफ्नो विमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेका हुन् । युएईबाट काठमाडौँका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहाजका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ । नाइन एन एकेएक्स जहाजको कमान्ड पाइलट भावना गिरी पन्तले गरेकी छिन भने को-पाइलटमा सृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, सङ्गीता केसी र अनिशा प्रजापति रहेका छन् । यसअघि दुबई काठमाडौँका लागि यसअघि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए । त सबै क्रु-मेम्बर महिला मात्रै भएर अन्तर्राष्ट्रिय उडान भरेको भने यो पहिलो पटक हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्