झापा, फागुन २४ । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित झापा जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक कनकाई नगरपालिकाको महिला फुटबल टिमले जितेको छ ।

बुधवार भएको फाइनल खेलमा अर्जुनधारालाई ३—० गोल अन्तरले पराजित गरी आयोजक कनकाई महिला फुटबल टिमले नगद ७५ हजार रुपैयाँ प्राप्त ग¥यो । उपबिजयी हुने जुनतारा फुटबल क्लब अर्जुनधाराले नगद ५० हजारमा चित्त बुझायो । आयोजकका तर्फबाट अनिता लम्जेलले २ गोल र सहारा दाहालले थप १ गोल गरेका थिए । प्रतियोगिताको ओम्यान अफ द म्याच आयोजक टिमकी २ गोलकर्ता अनिता लम्जेल भइन् भने सर्वाधिक गोलकर्ता लक्ष्मी श्रेष्ठ, प्लेयर अफ द टुर्नामेन्ट खुश्मा राई, उत्कृष्ट गोलकिपर रन्जु राजवंशी भए । उनीहरूले जनही ३ हजारका दरले नगद पुरस्कार प्राप्त गरे ।

विजयी तथा उपबिजयी हुने टिमलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा, खेलकुद विकास समिति झापा अध्यक्ष प्रशान्त भण्डारीलगायतले नगद पुरस्कार तथा शिल्ड प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्