झापा, फागुन २५ । मोरङको बेलबारीमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।

बेलबारी १ नक्सालवारीका ५७ वर्षिय हेमकर्ण महतले श्रीमती देवी महतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय राणाले बताए ।
बिहीबार दिउँसो १२ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहार गर्दा टाउको तथा हातमा चोट देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । हेमकर्णका दुई श्रीमती थिए । देवी भने जेठी हुन् । कान्छी श्रीमती भने छुट्टै विराटचोकमा बस्ने गरेकी छिन् । हेमकर्ण र देवीको बेलबारीमै मासु पसल रहेको छ । मासु काट्ने दाउले काटेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । श्रीमान् हेमकर्ण फरार रहेको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्