बिर्तामोड, फागुन २५ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजना बिर्तामोडमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा एक युवती र दुई युवक रहेका छन् । बिहीवार दिउँसो ३ बजे बिर्तामोड नगरपालिका वडा नं. २ बस्ने २० वर्षिय विश्वास संग्रौलाको कोठामा संग्रौलासहित वडा नं ४ बस्ने २० वर्षिय अभिषेक शर्मा र वडा नं.८ बस्ने २० वर्षिया अनिशा मण्डल शंकास्पद अवस्थामा बसिरहेका थिए । गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा अनिशा मण्डलको साथबाट ८ ग्राम ब्राउनसुगर , नगद ११ हजार ६००,मोबाइल २ थान,डिजिटल तराजु १ थान फेला परेको थियो ।

उनीहरुलाई सामानसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्