झापा , फागुन २६ । इलामको फाकफोकथुममा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ ।

बिहीबार सम्पन्न फाकफोकथुम गाउँपालिका-३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा इलामले २४ स्वणर्, सात रजत र १० कास्य प्राप्त गर्‍यो । दोस्रो स्थान चुलाचुली गाउँपालिकाले हासिल गरेको छ । सो गाउँपालिकाले नौ स्वणर्, आठ रजत र पाँच कास्य प्राप्त गर्‍यो । ६ स्वणर्, ६ रजत र १० कास्य पदकसहित सूर्योदय नगरपालिका तेस्रो भयो । पाँच स्वणर्, सात रजत र चार कास्यसहित फाकफोकथुम गाउँपालिकाले चौथो स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । यस्तै तीन स्वणर्, एक रजत र पाँच कास्यसहित देउमाई नगरपालिका पाँचौँ, दुई स्वणर्, पाँच रजत र पाँच कास्यसहित रोङ गाउँपालिका छैटौँ, दुई स्वणर्, दुई रजत र दुई कास्यसहित माइजोगमाई गाउँपालिका सातौँ, एक स्वणर्, पाँच रजत र आठ कास्यसहित माई नगरपालिका आठौँ, तीन रजत र दुई कास्यसहित माङसेबुङ गाउँपालिका नवौँ तथा दुई रजत प्राप्त गरेको सन्दकपुरले १०औँ स्थान हासिल गरेको छ । सहभागीलाई फाकफोकथुमका अध्यक्ष दीपेन्द्र खनालले शिल्ड, मेडल र पुरस्कार प्रदान गरे । चौधौँ प्रतियोगिता माङसेबुङ गाउँपालिकामा आयोजना गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्