बिर्तामोड, फागुन २६ । नेकपा एमालेनिकट नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम कोशी प्रदेश अधिवेशन बिर्तामोडमा हुने भएको छ ।

बिर्तामोडको सिपि होटलमा फागुन २७ र २८ गते सो अधिवेशन हुने भएको हो । साहिद हुसैनको अध्यक्षतामा हुने सो अधिवेशनमा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल रहने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशनमा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज राजेन्द्र गौतम , एमालेका केन्द्रीय कमिटी सदस्य तथा संगठनका केन्द्रीय अध्यक्ष सराज अहमद फारुखी , एमालेका केन्द्रीय कमिटी सदस्य तथा संगठनका महासचिव तैयव हुसैन , संगठनका केन्द्रीय सचिवहरु अफरोज खान पैठान , हाजि फिरोज खान , आविद हुसैन , केन्द्रीय सदस्य जाफिर अहमदलगायतको उपस्थिति रहने छ । अधिवेशनमा २५० प्रतिनिधि र अन्य आयोजक गरी ३२० जनाको सहभागिता रहने संगठनका केन्द्रीय महासचिव तथा प्रदेश इन्चार्ज तैयब हुसैनले बताए ।

२०४८ सालमा स्थापना भएको नेपाल मुस्लिम इत्तेहाद संगठनलाई एमालेको जेठो जनवर्गीय संगठनको रुपमा लिइन्छ । संगठनले समग्र मुस्लिम समुदायको हकहितको लागि काम गर्दै आएको केन्द्रीय सचिव अफरोज खान पैठानले बताए । उनले संगठनको प्रथम कोशी प्रदेश अधिवेशनमा सहभागी भइदिन सम्पूर्ण मुस्लिम समुदायलाई आग्रह गरेका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्