झापा , फागुन २८ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले आज यूएईसँग खेल्दैछ।

टियु क्रिकेट मैदानमा खेल साढे ९ बजे सुरु हुनेछ । नेपालले अघिल्लो खेलमा पीएनजीलाई ५२ रनले हराएको थियो। यूएई पीएनजीसँग ५६ रनले पराजित भएको छ । नेपाल आजको खेल जित्दै अन्तिम चारमा रहन चाहन्छ । नेपालले युएई भ्रमणमा तीन जित निकालेको थियो । नेपाली टिमले पछिल्ला ९ खेलमा ८ जित निकाल्न सफल छ । अघिल्लो साता सम्पन्न स्कटल्याण्ड र नामिबियाविरुद्धको सिरिज क्लिनस्विप गर्दै नेपालले ८ अंक बटुलेको थियो । आजको खेल जिते नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने छ । नेपालले सिरिज क्लिनस्वीप गर्दै चार खेल जिते पाल शीर्ष तीनमा रहने छ । अंक तालिकामा नेपालले ३३ खेलमा ३४ अंक बनाएको छ । समान ३३ खेल खेलेको युएईको ३१ अंक छ । नेपाल पाचौं स्थानमा उक्लिदा युएईभने छैटौं स्थानमा झरेको छ । सातौं स्थानमा रहँदै पीएनजी घटुवा हुने पक्का भइसकेको छ । ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ । ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ । ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ । स्कटल्याण्डको पहिलो र ओमानको दोस्रो स्थान पक्का छ । बाँकी चार टिमको भविष्य निर्धारण लिग टूको अन्तिम सिरिजले नै गर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्