एजेन्सी । काइलियन एमबाप्पेले अन्तिम मिनेटमा गरेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति फ्रेन्च लिग वानमा ब्रेस्टमाथि २-१ को विजय हासिल गरेको छ ।

जितसँगै पीएसजीले शीर्ष स्थानमा ११ अंकको अग्रता लिन सफल भएको छ । पाहुना टोली पीएसजीले ३७औँ मिनेटमा कार्लोस सोलरको गोलबाट अग्रता लिएको थियो । ४३औँ मिनेटमा ब्रेस्टका फ्रांक होनोरटले बराबरी गोल फर्काए । चार मिनेट इन्ज्युरी समयको अन्तिम मिनेटमा एमबाप्पेले लियोनल मेसीको पासमा गोल गरेपछि पीएसजीले महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो । जितपछि पीएसजीले २७ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको मार्सेको २६ खेलबाट ५५ अंक छ । पराजित ब्रेस्ट २३ अंकका साथ १५औँ स्थानमा छ । त्यो रेलिगेसन क्षेत्रको स्ट्रासबर्गभन्दा एक अंकले माथि हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्