झापा, फागुन २८ । बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको स्ववियु अध्यक्षका लागि चारजनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारीपछि अनेरास्ववियुका विद्यार्थीहरु

अनेरास्ववियु , नेविसंघ ,अखिल क्रान्तिकारी र एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियुका तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता भएको हो । अनेरास्ववियुका तर्फबाट निर्मल विश्वकर्मा , नेविसंघका तर्फबाट पवन दाहाल , अखिल क्रान्तिकारीका तर्फबाट सुरेन्द्र गिरी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुका तर्फबाट निकिता कट्टेलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

अनेरास्ववियु र नेविसंघले सबै पदमा उम्मेदवारी दिइरहँदा अखिल क्रान्तिकारीले अध्यक्ष , सचिव र तीन सदस्यमा मात्र उम्मेदवारी दिएको छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियुले भने अध्यक्षमा मात्र उम्मद्वारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्