मेचीनगर, फागुन २७ । आगामी चैत ५ गते हुन गइरहेको काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्ष पदमा विशाल तामाङले उम्मेदवारी दिएका छन् ।

नेपाल विद्यार्थी संघमा सक्रिय मेचीनगर–१, देवीगञ्ज निवासी तामाङ बीएड पहिलो वर्षमा अध्ययनरत छन् । सानै उमेरबाट राजनीतिमा सक्रिय भएर लागिरहेका विशाल विद्यार्थीको हकहितका पक्षमा उभिने गरेका छन् । २०७० सालदेखि नेपाली कांग्रेसको राजनीति सुरु गरेका विशाल युवामाझ लोकप्रिय छन् । विद्यार्थीको समस्यामा सदैव उभिने विशाल स्ववियु निर्वाचन आफूले जित्ने आधार यही भएको बताउँछन् ।

ग्रामीण क्षेत्रबाट विद्यार्थी नेताको पहिचान बनाएका विशालले पढाइसँगै सामाजिक क्षेत्रमा आफूलाई क्रियाशील बनाएका छन् । सामाजिक संघसंस्थामा बसेर उनले सकारात्मक भूमिका निर्वाह गरेका छन् । लागूऔषधविरुद्ध विशालले बाहुनडाँगी क्षेत्रमा सचेतता अभियान नै छेडे । उनले लागूऔषध दुव्र्यसनीमा फँसेका कयौँ युवालाई नयाँ जीवन दिलाए ।

यति मात्रै होइन, उनले अन्य सामाजिक संस्थामा आफूलाई समर्पित गरेका छन् । रोट्रयाक अफ काँकरभिट्टा, नेपाल तामाङ घेदुङ संघ मेचीनगर सदस्य, अहिंसावादी युवा संघ झापा सदस्य, बाहुनडाँगी जेसीजको सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।
स्ववियु निर्वाचनलाई विशालले अवसर र चुनौती दुवै रुपमा लिएका छन् । निर्वाचनमा होमिँदै गर्दा उनले विद्यार्थीका पक्षमा थुप्रै काम गर्नुपर्ने देखेका छन् । विद्यार्थी आन्दोलनलाई स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन् । विद्यार्थी होस् या सामाजिक क्षेत्रमा नामजस्तै विशाल बनेर उभिएका उनी चुनाव जित्नेमा ढुक्क छन् ।

उनी भन्छन्, ‘विद्यार्थीको दुःखसुख र आन्दोलनमा मैले सकेजति काम गरेको छु भन्ने लाग्छ । भोलिका दिनमा पनि म साथीहरुबीचमा आइपर्ने जस्तोसुकै समस्या समाधान गर्त दत्तचित्त भएर लाग्ने प्रण गर्दछु ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्