भद्रपुर,फागुन ३० । रोटरी क्लव अफ भद्रपुरले आफ्नो तेस्रो क्लव एसेम्व्ली सम्पन्न गरेको छ ।

सोमवार आयोजित कार्यक्रममा क्लवले गरेका विविध गतिविधिका बारेमा समीक्षा गरिएको थियो ।क्लवका अध्यक्ष इश्वर अधिकारीको अध्यक्षता तथा ए जि राधिका गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटरीयनहरु दिपेश ढकाल, राजकुमार पोखरेल,निरज पराजुली, प्रदिप सरावगी, अजय साहेवालाले आ–आफ्नो विषयगत प्रस्तुती प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपस्थित सबैलाई भोट फर थ्याङ्स पाष्ट प्रेसिडेन्ट विगत ओझाले दिएका थिए । चार्टर प्रेसिडेन्ट किशोर पराजुलीको विशेष आतित्थ्य रहेको कार्यक्रममा स्वागत विनोद चापागाँईले गरेका थिए भने कार्यक्रमको संचालन सेक्रेटरी पवन श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्