झापा, फागुन ३० । अवैध गोलिया काठसहित एउटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार मेचीनगर नगरपालिका– २ स्थित सरस्वती टोलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ त ६३१९ नम्बरको ट्रयाक्टरलाई चेकजाँचका लागि रोकेको थियो ।

सो ट्रयाक्टरमा आवश्यक कागजातबिना कदम र सिरिस जातको अन्दाजी १६० क्यु फिट गोलिया काठ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
बरामद गरिएको काठ,ट्रयाक्टर र चालक मेचीनगर २ निवासी २२ वर्षीय सर्बन राईलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय झापा बुझाएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्