झापा , चैत्र २ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले तेस्रो विकेट गुमाएको छ ।

नेपालका लागि भीम सार्की र दीपेन्द्रसिंह ऐरीले यूएईका अनुभवी ब्याटर तथा पूर्व कप्तान सीपी रिजवानलाई सात रनमा रन आउट गरे । यसअघि अर्धशतक बनाएका यूएईका कप्तान मुहम्मद वासिम अर्धशतक बनाएर पभिलियन फर्केका थिए । यूएईका त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालका यूएईका लागि ओपनिङमा आएका वासिमले ४३ बलमा दुई चौका र पाँच छक्कासहित ५० रन पूरा गरेका थिए । दोस्रो विकेटका वृत्या अरविन्दसँग लागि ९२ रनको साझेदारी गर्दै वासिम ४९ बलमा ६३ रन जोडेर पेभेलियन फर्के । नेपालका लागि १७औं ओभर बलिङ गरेका सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लूको शिकार बनाएका हुन् । यो विकेटसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान नजिक पुगेका छन्। अब एक विकेट लिए सन्दीपले अफगानिस्ताका रसिद खानको ४४ खेलको कीर्तिमान तोड्ने छन्। सन्दीपको यो ४१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । नेपालका लागि ललित राजवंशीले एक विकेट लिएका छन् । यूएईका लागि यूएईका वृत्या अरविन्द ३७ रन बनाएर खेलिरहेका छन् । आयान खानले पनि क्रिजमा उत्रिएर एक रन जोडेका छन्। नेपालका लागि ओपनिङ बलिङ गरेका ललित पहिलो ओभरमा विकेट लिन सफल भएका थिएनन् । तर, तेस्रो ओभरमा फेरि फर्किएका ललितले यूएईका ओपनर आर्याना लाक्रालाई ६ रनमा पेभेलियन फर्काएका थिए । यूएईले २४.५ ओभर सकिँदा तीन विकेट गुमाएर एक सय २५ रन बनाएको छ । आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्