झापा , चैत्र २ । प्रधानमन्त्री पुष्पकमल दाहालको आधिकारिक ट्विटर एकाउन्ट ह्याक भएको छ ।

अहिले सो खाता पुनःस्थापित गरिएकोजस्तो देखिन्छ तर डिजिटल करेन्सीसँग सम्बन्धित ट्विटहरू यथावत छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीको कार्यालयको ट्विटर खाता ह्याक भएकोमा चर्चा सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यालयको अधिकारिक ट्विटर खाता @PM_nepal_बिहीवार बिहान ह्याकरले कब्जामा लिएर दुरूपयोग गरेका थिए । ह्याकरले खाताको नाम परिवर्तन गरेर Blur लेखेका थिए भने उक्त खाताबाट डिजिटल करेन्सीसँग सम्बन्धित केही ट्विटसमेत भएका थिए । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले ट्विटर ह्यान्डल आफूहरूको नियन्त्रणमा आइसकेको र समस्या समाधान भएको जानकारी दिए । हरेक पटक प्रधानमन्त्री परिवर्तन हुँदा आधिकारिक सामाजिक सञ्जाल खातासम्बन्धी अस्पष्टता देखिने गरेका छन् भने बेला-बेला प्रधानमन्त्रीको अधिकारिक खाता विभिन्न तवरले दुरूपयोग पनि हुने गरेको छ । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा पनि आधिकारिक ट्विटर खाताबाट सोनिया गान्धीसम्बन्धी राजनीतिक सन्देश रिट्विट हुँदा हलचल मच्चिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्