झापा, चैत ६ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्ताबजारमा एकजना पक्राउ परेका छन् ।

सोमवार दिउँसो २.३० बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नं.३ स्थित बिर्ताबजार–घैलाडुब्बा भित्री सडकखण्डमा पैदल हिडिरहेका वडा नं २ बस्ने २६ वर्षिय दयालाल राजवंशीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर, नगद ६ हजार ७५० र मोबाईल १ थान फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्