झापा , चैत्र ७ । ‘नेपाली गीत, सङ्गीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारा आयोजना हुँदै आएको ‘ओएस नेपाल म्युजिक अवार्ड’को चौथो संस्करण आयोजना हुने भएको छ ।

ओएस नेपालले विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्डको आवेदन खुल्ला गरिएको छ । आयोजकले एक विज्ञप्ति जारी गर्दै अवार्डका लागि आवेदन खुल्ला भएको जनाएको हो । साँंगीतिक स्रष्टाहरुको सृजनालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठे लगायत गीत सङ्गीतका ६१ विद्या समावेश गरिएको छ । अवार्डमा २०७८ वैशाख २ गतेदेखि २०८० वैशाख २ गतेभित्र बजारमा आएका गीत, सङ्गीतले सहभागिता जनाउन सक्नेछन् । ओएस नेपालको कार्यालय वा अनलाइनबाट पनि फारम भर्न सकिने अवार्डको मिति र जुरी केही समयपछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्