झापा , चैत्र ७ । सर्वोच्च अदालतले नेपालीसँग विवाह गरेका विदेशी समलिङ्गीलाई नेपाल बस्नका लागि गैर पर्यटक भिसा दिन आदेश दिएको छ ।

नेपाली समलिङ्गी पुरुष अधिप पोखरेलसँग विवाह गरेका जर्मन समलिङ्गी तोबायस भोल्जलाई गैरपर्यटक (नाता) भिसा दिन अस्वीकार गरेको अध्यागमन विभागका नाममा न्यायाधीश हरि फुयाल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । गत साउनमा यस्तो भिसाका लागि आवेदन दिएका थिए तर अध्यागमनले उनलाई भिसा दिएको थिएन भने पोखरेले आफू बस्ने काठमाडौं महानगरपालिका वडानम्बर ११ मा विवाह दर्ता गर्न निवेदन दिएका थिए । तर वडा कार्यालयले उनको विवाह दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । ‘कानुनमा पुरुष र महिला मात्र जनाउने गरी कानुनमा दाम्पत्य तथा पारिवारिक सम्बन्धको परिभाषा गरिनुले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई विवाह तथा परिवार सम्बन्धी हकबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको देखिन्छ।’

सर्वोच्चले गत पुस ४ मा गरेको फैसलाको पूणर्पाठमा भनएिको छ। ‘तसर्थ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई विमुख गर्ने गरी लैङ्गिक सापेक्ष शब्द प्रयोग भएकोमा उक्त कानुनहरूमा लैङ्गिक समावेशी शब्दावली प्रयोग गरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको पहिचान तथा हक अधिकारलाई समेट्न तथा समावेशिताको थप पहल गर्न सरकारले विधायीकी प्रयास सुरु गर्नुपर्ने विषय ध्यानाकर्षण योग्य रहेको देखिन्छ’ आदेशमा नेपालको संविधानले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूहका नागरिकलाई कुनै पनि हक अधिकारको उपभोग तथा प्रचलनमा लैङ्गिक आधारमा भेदभाव गरेको देखिँदैन भनिएको छ। सर्वोच्चले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको पहिचान, सम्मान, विवाह, सम्पत्ति, परिवार लगायतका विषयलाई देवानी, फौजदारी एवं अन्य विषयगत कानुनले कसरी सम्बोधन गरेको छ भनेर हेर्नुपर्ने आदेश दिएको छ । उनीहरु दुवै समलिंगी भएको भन्दै २०७५ साल कार्तिक २ मा जर्मन कानुन अनुसार विवाह गरेको र जर्मनीमा विवाह दर्ता गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्