झापा, चैत्र ८ । पछिल्लो समय लोकप्रिय बनेको ‘धोकेबाज हौ…’ बोलको गीतको ‘र्‍याप भर्सन’ पनि आउने भएको छ ।

सुवास कार्कीले यसको र्‍याप भर्सन रेकर्ड गराइसकेका छन् । सुवास कार्की यो गीतका गीतकार तथा संगीतकार हुन् । सुवास र्‍यापर हुन् । “यसको र्‍याप भर्सन रेकर्ड गराइसकेका छौँ । अबको केही दिनमै छायांकन गरेर र्‍याप भर्सन सार्वजनिक गर्ने छौँ,” सुवासले बताए । शिव परियार, एलिना चौहान र सुप्रिम मल्ल ठकुरीले यसको क्रमशः मेल, फिमेल र चाइल्ड भर्सन गाइसकेका छन् । सबैभन्दा पहिला यो गीत फिमेल भर्सनमा आएको थियो । पछिल्लो समय आधुनिक गायनमा चलेका गीतको ‘चाइल्ड भर्सन’ र ‘लिजेन्ड्री भर्सन’ पनि ल्याउने क्रम बढ्दो छ । यही गीतको पनि चाइल्ड भर्सन आइसकेको छ । ‘र्‍याप भर्सन’ पनि चाँडै ल्याइँदै छ । पहिलो लकडाउनमा लेखिएको यो गीत दोस्रो लकडाउनपछि सार्वजनिक गरिएको थियो । र्‍याप गाउँदै आएका सुवासको यो पहिलो आधुनिक गीत हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्