झापा, चैत ८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत KAKRAMARI,Chhatar gachh,Kishanganj,Bihar 855117 बस्ने ३४ वर्षिय ताहिर हुसैन रहेका छन् । बुधवार दिउँसो १.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची पुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका हुसैनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्