एजेन्सी । गुगलले एलन मस्कको ओपन एआईले ल्याएको ‘च्याट जीपीटी’सँग प्रतिस्पर्धा गर्नका लागि ‘च्याटबोट बार्ड’ सार्वजनिक गरेको छ ।

तर, यो एआई १८ वर्ष पुगेका प्रयोगकर्तालाई मात्रै उपलब्ध हुनेछ । यसअघिदेखि नै मस्कले माइक्रोसफ्टसहितको सहभागितामा च्याट जीपीटी ल्याएको थियो । बार्डले प्रयोगकर्तालाई गलत सूचना नदिने दाबी गुगलले गरेको छ । अब गुगलको च्याटबोट बार्डले समेत च्याट जीपीटीले जस्तै प्रयोगकर्ताको हरेक प्रश्नको उत्तर आफैँ दिने छ । एआई च्याटबोट मानिसहरुको प्राकृतिक प्रश्नहरूलाई सहजै सम्बोधन गर्नेगरी डिजाइन र प्रोग्रामिङ गरिएको बीबीसीमा उल्लेख छ । यसअघि, सन् २०२२ को नोभेम्बरमा च्याट जीपीटी सार्वजनिक हुँदा एक हप्ताभन्दा कम समयमा १० लाखभन्दा धेरै प्रयोगकर्ता बटुलेको थियो । च्याट जीपीटीले जस्तै च्याटबोटले पनि सबै विषयमा भाषण लेख्न सक्षम रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्