बिर्तामोड , चैत ९ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् ।

आज बिर्तामोडमा भएको महासंघको पाँचौ प्रदेशसभाबाट राउत कोशी प्रदेश अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा जिल्ला÷ नगर उद्योग वाणिज्य संघतर्फ भिमबहादुर पौडेल,उपाध्यक्षमा एशोसिएट्स÷ वस्तुगत संघतर्फ कुमारमणी पोखरेल,कोषाध्यक्ष (जिल्ला ÷ नगर उद्योग वाणिज्य संघ ÷वस्तुगत संघ) सुवास आचार्य चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा जिल्ला ÷ नगर उद्योग वाणिज्य संघतर्फ ध्रुवलाल श्रेष्ठ,वीरेन्द्रकुमार साह, प्रितम खड्गी,प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् भने कार्यसमिति सदस्यहरुमा वस्तुगत संघतर्फ राजन श्रेष्ठ, दिपक पाण्डे, त्यस्तै कार्यसमिति सदस्यहरुमा एशोसिएट्सतर्फ रविनकुमार दाहाल,भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल चयन भएको मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्