झापा, चैत ९ । झापामा सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं.२ बस्ने ४० वर्षिय कुमार भट्टराई रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७६ माघ २२ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा भट्टराईलाई ३ महिना कैद तोकिएको थियो ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । उनलाई बिहीवार झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्