झापा, चैत १० ।‘कोशी’ खारेजीको आन्दोलनका क्रममा प्रहरीसंगको झडपमा घाइते भएका एक आन्दोलनकारीको मृत्यु भएको छ ।

गत चैत ५ गते राजधानी विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीसंगको झडपमा घाईते भएका पदम लिम्बू (लाजेहाङ) को उपचारको क्रममा आज विहान २ः३० बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ । बेलबारी लालभित्तिमा हुर्किएर हाल धरानमा बसोबास गर्दै आएका ४२ वर्षिय लाजेहाङ लिम्बू लिम्वुवान भोलेन्टियर्सका सह–कमाण्डर रहेका थिए ।

यसैबीच प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मंचले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी लाजेहाङ लिम्बूको हत्याको जिम्मा प्रदेश १ लाई कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनु पर्ने बताएका छन् । उनीहरुले लाजेहाङ लिम्बूको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न जोडदार माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्