झापा, चैत १० । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु भएको छ ।

एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम समुदाय दिनमा निराहार बस्छन् ।
रोजा बस्न उर्दू क्यालेण्डरअनुसार बिहान ४ बजेदेखि बेलुका ६ बजेर २० मिनेट जाँदासम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।
रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज बेलुका आकाशतिर चन्द्रमा हेर्ने चलन छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्