मेचीनगर, चैत १० । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको लागि निर्वाचन शुरु भएको छ ।

आज बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । मतदान दिउँसो ४ बजेसम्म चल्ने निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले बताए ।

कुल ६१६ जना मतदाता रहेको स्ववियु निर्वाचनको लागि २ वटा केन्द्र स्थापना गरिएको छ । क्र.सं १ देखि ३०० सम्म मतदान केन्द्र ‘क’ मा र क्र.सं ३०१ देखि ३१६ सम्म मतदान केन्द्र ‘ख’ मा मतदान भइरहेकोे उनले बताए । निर्वाचनमा तीनवटा प्यानलले उम्मेद्वारी दिएका छन् । कांग्रेसनिकट नेपाल विद्यार्थी संघका तर्फबाट विशाल तामाङ , एमालेनिकट अनेरास्ववियुका तर्फबाट रोशन भुजेल तथा माओवादीनिकट अखिल क्रान्तिकारी , राप्रपानिकट राप्रविसं र एकीकृत समाजवादीनिकट अनेरास्ववियुको संयुक्त राष्ट्रवादी प्रगतिशील प्यानलका तर्फबाट विनम सरदारले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।यस निर्वाचनले प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ ७ जना गरी कुल १५ सदस्यीय स्ववियु निर्वाचित गर्नेछ ।

यही चैत ५ गते त्रिभूवन विश्वविद्यालयले देशैभरका सम्पूर्ण आंगिक एवम् सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरुमा एकै पटक निर्वाचन गर्ने निर्णय गरेता पनि यस क्याम्पसमा विद्यार्थी संगठनहरुको विवादले निर्वाचन स्थगित भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्