कुमरखोद , चैत ११ । झापा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

राजवंशी समाज विकास समिति झापा गाउँ कार्यसमितिद्वारा डिल्लीराज माविमा शनिवार एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । शिविरमा १४६ महिला र ८० पुरुष गरी जम्मा २२६ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएको राजवंशी समाज विकास समितिका सचिव पर्वत राजवंशीले बताए ।

स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसारोग , बालरोग , छालारोग , पेट, मुटु ,छाती थाईराईड रोग विशेषज्ञ डाक्टरहरुद्वारा विरामीहरुको निःशुल्क चेकजाँच गरिएको राजवंशी समाज विकास समितिका अध्यक्ष तेजनारायण राजवंशीले जानकारी दिएका छन् । अध्यक्ष राजवंशीले स्वास्थ्य शिविरमा विरामीलाई निःशुल्क औषधी वितरणसमेत गरिएको बताए ।स्वास्थ्य शिविरमा निःशुल्क औषधी उपलब्ध गराई प्राविधिक सहयोग न्युरो फार्मेसी एण्ड पाथीभरा क्लिनिक सुरुङ्गाले गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्