झापा,चैत ११ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले मातृशक्तिजस्तै पुरुषहरु पनि इमान्दार भएर अगाडि बढे देश नै रुपान्तरण हुनेमा दुईमत नरहेको बताएकी छन् ।

अर्जुनधारा–४ स्थित बिन्ध्यवासिनी मन्दिरको सातौं अनुष्ठान उद्घाटन गर्दै उपसभामुख रानाले देशको निर्णायक स्थानमा आफू रहेर मुलुकलाई हेर्दा इमान्दारिताको पाटोमा राजनेताहरु प्रश्न चिन्हमा रहेको बताइन् । उनले मुलुकलाई हरेक कुरामा अगाडि बढाउन र नेपाली जनतालाई सुशासनको प्रत्याभूति दिलाउन इमान्दारिता आवश्यक रहेकोमा जोड दिइन् ।

कार्यक्रममा विशिष्ट अतिथि भागवत मञ्जरी राधिका दासीले अनुष्ठान आफैमा मार्ग निर्देशक हुने आध्यात्मिक पाटो भएको हुँदा मातृशक्ति मात्र नभई पुरुषशक्तिलाई पनि अनुष्ठानमा सहभागी हुन अनुरोध गरिन् ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष अम्बर कटुवाल, खेम काफ्ले, शिवलाल खतिवडा, तुलसी खतिवडा भोला परियार, देवीभक्त श्रेष्ठ, एकदेव खनाल, नेत्र गुरागाई, जग्गादाता चन्द्रकला जोशी, प्रेम कार्कीलगायतको आतिथ्य रहेको थियो । मनोज जोशीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्