एजेन्सी । इलोन मस्कले ट्वीटर खरिद गरेदेखि नै यसमा निरन्तर परिवर्तन हुँदै आएको छ ।

अब ट्विटरमा नयाँ परिवर्तन आउँदैछ । यदि तपाईंले यसलाई पालना गर्नुभएन भने लिगेसी प्रमाणित ‘ब्लू टिक’ हट्नेछ । सामाजिक सञ्जाल ट्वीटर विश्वमा सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल मध्येको एक मानिन्छ । ट्विटरको विश्वव्यापी प्रभाव देखेर, एलोन मस्कले अक्टोबर २७, २०२२ मा ट्विटर किनेका थिए । मस्कले ट्वीटर किन्न ४४ बिलियन डलर खर्च गर्नुपरेको थियो । ट्विटर किन्ने बित्तिकै मस्कले आफ्नो नेतृत्वमा सामाजिक सञ्जाल प्लेटफर्ममा धेरै परिवर्तन गरिने स्पष्ट पारेका थिए । अबअप्रिल १ देखि ट्विटरमा लिगेसी भेरिफाइड कार्यक्रम बन्द हुनेछ । यस कार्यक्रम अन्तर्गत जारी गरिएको लिगेसी प्रमाणित ब्लू टिक/चेकमार्क पनि हटाइनेछ । यस्तो अवस्थामा,अप्रिल १ देखि सबै लिगेसी भेरिफाइड ट्विटर प्रयोगकर्ताहरूको ब्लू टिक हटाइनेछ । अप्रिल १ पछि ट्विटरमा ब्लू टिक लगाउने एक मात्र तरिका हुनेछ । त्यो तरिका भनेको ‘ट्विटर ब्लू’ को सदस्यता हो । ट्विटर ब्लू सामाजिक सञ्जाल प्लेटफर्ममा उपलब्ध सदस्यता आधारित सेवा हो । यसबाट प्रयोगकर्ताहरूले ब्लू टिक मात्र नभई अन्य धेरै सुविधाहरू पनि पाउँछन् जुन सामान्य ट्विटर प्रयोगकर्ताहरूलाई उपलब्ध हुँदैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्