झापा, चैत १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा दुई जना चिकित्सक बढुवा भएका छन्।

सरकारले डा.टंक बाराकोटी र डा. विकास देवकोटालाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीले मन्त्रिपरिषदको बैठकले केही समयअघि बढुवा सिमितिले सिफारिस गरेका तीन जनामध्ये डा. बाराकोटी र डा. देवकोटालाई बढुवा गर्ने निर्णय गरेको जानकारी दिए।

मन्त्रिपरिषदले निर्णय गरेपनि उनीहरुले अहिलेसम्म पत्र बुझिसकेका छैनन्। मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिएका थिए। तीमध्ये बढुवा समितिले डा. बाराकोटी, डा. देवकोटा र डा. श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।

१२औं तहमा बढुवा भएकामध्ये डा. बाराकोटी मेची प्रादेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेन्डेन्टको रुपमा कार्यरत छन्।त्यस्तै डा. देवकोटा हाल लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्