झापा , चैत्र १४ । विराटनगर-४ स्थित आयल निगम अगाडि भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।

आयल निगम पूर्व पेट्रोल पम्पबाट तेल हालेर बाटो काट्दै गरेको टिपरलाई मोटरसाइकलले ठक्कर दिँदा दुईजना घाइते भएका हुन् । बाटो काट्दै गरेको टिपरलाई दक्षिणबाट उत्तरतर्फ आइरहेको को २७ प ६६९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । ठक्कर दिँदा भएको दुर्घटनामा परी चालक मोरङको विराटनगर-५ भृकुटी चोक घर भएका २१ वर्षीय प्रतापबहादुर थापा र मोटरसाइकल सवार बुढीगंगा घर भएकी १९ वर्षीया निशा न्यौपाने रहेकी छन् । घाइते दुवैको हाल विराटनगरको कञ्चनबारीस्थित आर्या न्यूरो अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । टिपर चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । चालकलाई आयल निगमस्थित चौकीमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्