एजेन्सी । कप्तान लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले मैत्रिपूर्ण  खेलमा कुरासाओविरुद्ध गोल वर्षा गरेको छ ।

मंगलबार भएको खेलमा अर्जेन्टिना ७-० को विशाल अन्तरले विजयी बन्यो । खेलमा मेस्सीले २० औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । निकोलास गोन्जालेजले तीन मिनेटपछि नै टोलीको अग्रता दोब्बर बनाए । ३३ औँ मिनेटमा मेस्सीले अर्को गोल थपे भने त्यसको दुई मिनेटपछि एन्जो फर्नान्डेजले गोल गर्दै अग्रता फराकिलो बनाए । ३७ औँ मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै स्कोर ५-० बनाए । दोस्रो हाफको अन्त्यतिर एंखेल डि मारिया र गोन्जालो मोन्टिएलले एक-एक गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । खेल अवधिभर अर्जेन्टिना खेलमा हाबी बनेको थियो । टोलीले विपक्षीको पोस्टमा १७ पटक प्रहार गर्दा कुरासाओले एकपटक पनि लक्ष्यमा प्रहार गर्न सकेन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्