झापा, चैत्र १६ । सगरमाथा क्षेत्र भ्रमणमा आएका एक जापानिज नागरिक एक सातादेखि बेपत्ता भएका छन् ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका जापानिज पुरुष नागरिक ५४ वर्षका हितोशी इशिबा चैत्र ८ गतेबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार गाइडबिना एक्लै भ्रमणमा आएका इशिबा १२ गते खुम्बु पासाङ्ल्हामु गाउँपालिका-५ नाम्चे चेकपोष्टमा इन्ट्री भएको देखिएको छ । सोही राति खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ स्थित छुकुम रिसोर्टमा बास बसेका उनी चैत्र १३ गते त्यहाँबाट खुम्बिलापासबाट लोबुचे जान्छु भनी हिंडेको खुल्न आएको छ । उनी सम्पर्कविहीन भएको खबर दुतावास मार्फत प्रहरीमा आएको बताइएको छ । अस्थायी प्रहरी चौकी दिङ्बुचेबाट खटिएको प्रहरी र स्थानीयले उनको खोजीलाई तीव्र पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्