झापा, चैत्र १६ । लोकतान्त्रिक समाजवादी पार्टीले शरदसिंह भण्डारीलाई मन्त्री बनाउने भएको छ ।

लोसपाले आफूले पाएको एउटा मन्त्रालय श्रम, रोजगारमा भण्डारीलाई पठाउने भएको हो । उनी गत मंसिर ४ गतेको निर्वाचनमा महोत्तरी २ बाट निर्वाचित भएका थिए । भण्डारी १६औं पटक मन्त्री बन्दै छन् । उनी पञ्चायतकालदेखि गणतन्त्र आउँदासम्म १५ पटक मन्त्री बनिसकेका छन् । वि.सं २०२८ सालदेखि सक्रिय राजनीतिमा आएका भण्डारी २०३८ सालमा पहिलोपटक सांसद बनेका थिए । २०३८ सालदेखि २०७९ सालसम्म आइपुग्दा ३ पटक पराजित भए भने ६ पटक विजयी बने । उप्रधानमन्त्रीसमेत बनिसकेका भण्डारी विभिन्न मन्त्री र राज्यमन्त्री गरी १५ पटकसम्म सरकारमा सामेल भइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्