झापा, चैत १७ । आजदेखि शुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापामा तीनजना दृष्टिविहीन परीक्षार्थीहरु सहभागी भएका छन् ।

दुर्गा माध्यमिक विद्यालय गरामनी परीक्षा केन्द्रमा दुई र सरस्वती माध्यमिक विद्यालय दमक– ९ इटाभट्टा परीक्षा केन्द्रमा एकजना दृष्टिविहीन परीक्षार्थी परीक्षामा सहभागी भएका हुन् । दुर्गा मावि परीक्षा केन्द्रमा दृष्टिविहीनहरु सन्दीप लम्बिू र समिर विकले लेखन सहयोगीको सहयोगमा परीक्षा दिएका छन् । लिम्बूको लेखन सहयोगी कक्षा ९ का शिशिर मिश्र र विकको सहयोगी कक्षा ९ कै फरिदा खातुन रहेको सहायक केन्द्राध्यक्ष उमानाथ भण्डारीले बताए । त्यस्तै सरस्वती मावि परीक्षा केन्द्रमा दृष्टिविहीन निर्मला कार्की एसईई परीक्षामा सहभागी भएकी छन् । उनको लेखन सहयोगी कक्षा ९ का आवास ढकाल रहेको केन्द्राध्यक्ष नरबहादुर थापाले बताए । परीक्षा निर्देशिका अनुसार उनीहरुलाई परीक्षाको व्यवस्था मिलाइएको थापाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्