झापा , चैत्र १७ । उडिरहेको जहाजभित्र टिकटक बनाएपछि हिमालयन एयरलाइन्सका तीनजना क्रू मेम्बर ग्राउन्डेड भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले बिहीबार राति काठमाडौंबाट दोहा जाँदै गरेको हिमालयन एयरको जहाजभित्र टिकटक बनाएको सूचना पाएपछि दुई महिला र एक पुरूषसहित तीनजनालाई ग्राउन्डेड गरेको हो । प्राधिकरणले उनीहरूलाई दोहामै ग्राउन्डेड गरेको छ । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले उनीहरू तीनदेखि ६ महिनासम्म ग्राउन्डेड हुनसक्ने बताए । हिमालयन एयरको ३२० उडान नम्बरको जहाज ३८ हजार फिटमाथि उडिरहेका बेला उनीहरूले टिकटक बनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्