झापा, चैत्र १७ । इलाम कारागारबाट एक थुनुवा फरार भएका छन्।

इलाम कारागारमा कैदीका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका-३ बाहुनडाँगीका ३४ वर्षीय साहिला भनिने मनराज राई फरार भएका हुन् । बिहीबार साँझ अन्दाजी ५ः४० बजे कारागारभित्रको कैदी गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको हो । गणनाका क्रममा उनी फेला नपरेपछि साँझ पौने ७ बजे नै सम्बन्धित कार्यालयमा जानकारी गराएको थियो । फरार उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । डाँका मुद्दाका उनी २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए । इलाम कारागारमा यसअघि कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएपछि कारागार थप विवादित बन्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्