झापा , चैत्त १९ । आंशिकदेखि सामान्य बदली भइ आज कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।

जल तथा मौमस विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको महाशाखाले जनाएको छ । सोमबार कोशी र गण्डकी प्रदेश पहाडी भू-भागका थोरै स्थानका साथै वाग्मती, कणर्ाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ । राति कोशी, गण्डकी र कणर्ाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मंगलबार पनि देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइ बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्