एजेन्सी । भाजपा नेता तथा कोइला व्यवसायी राजु झाको पश्चिम बंगालको पूर्वी बर्दवान जिल्लामा हत्या भएको छ ।

हत्यामा प्रयोग भएको निलो रंगको कार आइतबार बिहान प्रहरीले बरामद गरेको छ । गाडीको नम्बर प्लेट नक्कली भए पनि राजु झामाथि गोली प्रहार गर्ने सोही गाडीमाआएको दाबी प्रहरी अधिकारीले गरेका छन् । राजु झामाथि शनिबार राति करिब आठ बजे राजमार्ग छेउमा रहेको शक्तिगढमा निलो रंगको कारमा सवार अज्ञात आक्रमणकारीले गोली प्रहार गरेका थिए । जसका कारण ड्राइभिङ सिटमा बसेका राजु र उनका एक सहयोगी गम्भीर घाइते भएका छन् । राजु झालाई अस्पताल लैजाने क्रममा मृत घोषणा गरिएको थियो । त्यसपछि आक्रमणकारी कार त्यहीँ छोडेर भागेको प्रहरीको अनुमान छ । राजुको कार शक्तिगढस्थित मिठाई पसल अगाडि पार्किङ गरिएको प्रत्यक्षदर्शीले बताए । सोही समयमा नीलो रंगको कारमा भएका मानिसहरूले अन्धाधुन्ध गोली चलाए । आक्रमणपछि यसमा सवार आरोपीले कारलाई त्यहीँ छाडेर रेल चढेर कोलकातातर्फ भागेका हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त गाडी आज बिहान स्टेशन जाने बाटोमा अलपत्र अवस्थामा फेला परेको हो । प्रहरीले कारबाट केही बोतल रक्सी समेत बरामद गरेको छ । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्