झापा, चैत १९ । झापाको सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा कांग्रेस, एमाले र माओवादीको संयुक्त उम्मेदवारलाई रास्वपाका उम्मेदवारले पराजित गरेका छन् ।


निर्वाचनमा अध्यक्षका उम्मेदवार स्वतन्त्रका भीमप्रसाद अधिकारी निर्वाचित भए । उनले स्वतन्त्र पार्टीको समर्थनमा उम्मेदवारी दिएका थिए । अधिकारीले १२८७ मत ल्याएका थिए । अधिकारीका प्रतिस्पर्धी कांग्रेस, एमाले, माओवादी, राप्रपा र जसपा समर्थित उम्मेदवार प्रेमप्रकाश चुँडाल १५२ मतले पराजित भए । चुडालले ११३७ मत ल्याएका छन् । अध्यक्षबाहेक अन्य उपाध्यक्ष, सचिव, कोषाध्यक्ष ३ खुल्ला सदस्य र २ महिला सदस्यमा भने चुडाल प्यानल विजयी भएको छ ।

त्यस्तै उपाध्यक्षमा ५ दल समर्थित राजेन्द्र उप्रेती १ हजार १ सय ६३ मत ल्याउँदै विजयी भए । सचिवमा १२०३ मत ल्याउँदै गोविन्द पौडयाल, कोषाध्यक्षमा १ हजार २ सय १५ मत ल्याउँदै खेमराज कार्की विजयी भएका छन् भने सदस्यहरुमा गोपाल खरेल, लक्ष्मीप्रसाद ओडारी र भरतकुमार श्रेष्ठ विजयी भएका छन् ।
यस्तै महिला सदस्यमा सोमा प्रसाईँ खरेल र हरिमाया राई विजयी भएका छन् । संस्थामा ४ हजार १२८ मतदातामध्ये २६१४ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक जनार्दन उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्