झापा , चैत्र २० । तेह्रथुमको लालीगुराँस नगरपालिका-७ च्याक्चेमा करेन्ट लागेर ४२ वर्षीय यामबहादुर लिम्बूको आइतबार मृत्यु भएको छ ।

सोही वडाको लसुने बजारस्थित दुर्गा तामाङको घर निर्माणको क्रममा नजिकै रहेको बिजुलीको पोलमा फलामको झम्पल ठोक्किएपछि लिम्बूलाई करेन्ट लागेको थियो । करेन्ट लागेका लिम्बूको घटनास्थलमै मृत्यु भएको लसुने प्रहरीले जनाएको छ । मृतक लिम्बूको शव प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्