झापा , चैत्त २० । दाङका एक युवकको जापानमा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-३ सिस्नेरी निवासी २२ वर्षीय खिमबहादुर बुढाको मृत्यु भएको छ । जापानको ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका थिए । आइतबार बिहान मात्र परिवारले उनको मृत्युको खबर थाहा पाएको हो । उनीसँग शुक्रबार मात्रै कुराकानी भएको बुबा कणर्बहादुर बुढाले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको चैतमा खिम अध्ययनको सिलसिलामा जापान गएका हुन् । खिमका बुबा कणर्बहादुर तुलसीपुर उपमहानगरपालिका-३ का वडा सदस्य हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्