झापा, चैत २० । नेपाल चिकित्सक संघ मेची शाखाको अध्यक्षमा पुनः डा. सीपी यादव निर्वाचित भएका छन् ।

आइतबार साँझ सम्पन्न संघको निर्वाचनबाट डा. यादव तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् । १३ सदस्यीय संघको वरिष्ठ उपाध्यक्षमा डा. सूर्यनारायण साह, उपाध्यक्षमा डा. वीरेन्द्रकुमार यादव, महासचिव डा. धर्मपाल राय, सहसचिवमा डा. सुवेश सौरभ, कोषाध्यक्षमा डा. दिपेश पोखरेल र सह–कोषाध्यक्ष डा. निराजनप्रसाद पराजुली सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको सदस्यहरुमा डा. सञ्जयकुमार गुप्ता, डा. गौरीशंकर झा, डा. कुमुद लिम्बू, डा. चन्द्रदेव यादव, डा. राजु श्रेष्ठ र डा. मेघना तिवारी खनाल निर्वाचित भएको निर्वाचन समिति सदस्य डा. उज्वल देवले जानकारी दिए । पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्य क्षेत्र पर्ने १ सय ६२ जना चिकित्सक संघको सदस्य छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्