झापा, चैत्र २१ । सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुरस्थित सडकमा प्र.१-०३-००१ प १८४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया गितादेवी खत्रीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्