झापा , चैत्र २१ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिसँगै शिक्षक र कर्मचारीले अब आफ्ना छोराछोरी सामुदायिक स्कुलमै पढाउनुपर्ने भएको छ ।

गाउँ कार्यपालिकाले पारित गरेको शिक्षा ऐन लागू भएसँगै यो व्यवस्था स्वतः लागू हुने भएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न यो नियम अनिवार्य गरिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । सरकारी कार्यालयमा जागिर खाएर छोराछोरी निजी बोर्डिङमा पढाउँदा शिक्षक र कर्मचारीमा जिम्मेवारी बोध नहुने भएकाले यस्तो नियम बनाइएको उनले सुनाए । योसँगै गाउँ कार्यपालिकादेखि वडा तहका सबै पदमा निर्वाचित जनप्रतिनिधिले पनि आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने व्यवस्था शिक्षा ऐनले गरेको छ । पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा (२२) मा यो व्यवस्था गरिएको छ । शैक्षिक सत्र २०८० देखि यो व्यवस्था अनिवार्य हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्