झापा , चैत्र २२ । चर्चित म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा नेपालका उद्योगी तथा सांसद विनोद चौधरी १६४७ औ स्थानमा रहेको देखाएको छ ।

फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको हो । ६७ वर्षका चौधरीको सम्पत्ति स्रोत विविध रहेको देखाइएको छ । यता फोर्ब्सको वार्षिक विश्व अर्बपति सूचीमा एलन मस्कलाई पछि पार्दै बर्नार्ड आर्नो विश्वकै सबैभन्दा धनी बनेका छन् । दोस्रो स्थानमा धकेलिएका मस्कको सम्पत्ति १ खर्ब ९२ अर्ब अमेरिकी डलर रहेको जनाइएको छ । पहिलो स्थानमा रहेका बर्नार्डको कुल सम्पत्ति २ खर्ब २८ अर्ब डलर रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्