झापा, चैत्र २४ । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत शुक्रबार तीन खेल हुने भएको छ ।

Amstelveen, Hockey, Wagener Stadion, Dames, Rabo-EuroHockey Championship 2021 Seizoen 2020-2021, 06-06-2021, EK Hockey, Euro Hockey 2021, Engeland – Italie 4-0, ADIDAS stick

पहिलो खेल सुदूरपश्चिम र कोशी प्रदेशबीच हुनेछ । दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कणर्ाली प्रदेशबीच हुनेछ । बिहीबार पनि तीन खेल भएको थियो। विराटनगरको शहीद रंगशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ८-० गोलअन्तरले पराजित गर्‍यो । पुलिसका लागि महेश धामीले पाँच तथा आयुष साह, केशव जोशी र रोहित लामाले एक/एक गोल गरेका थिए। यस्तै अर्को खेलमा त्रिभुवन आर्मीले कणर्ाली प्रदेशलाई १३-० गोलअन्तरले हरायो। आर्मीका लागि रोमन रानाले छ, प्रदीप राजवंशीले तीन, अमरबहादुर गुरुङले दुई तथा रञ्जित राउत र देवसिंह धामीले एक/एक गोल गरे। यस्तै तेस्रो खेलमा कोशी प्रदेश र मधेश प्रदेशले बराबरी खेलेका थिए । दुवै टोलीका तर्फबाट दुई/दुई गोल भएको थियो । कोशीका लागि विसु घिमिरे र मनोज चौधरीले गोल गरे भने मधेशका पंकज दाहाल र राहुल साहले गोल गरे। यही चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागीय टोली आर्मी र पुलिस क्लबका साथै कोशी, मधेश, गण्डकी, कणर्ाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्