झापा, चैत २५ । क्वालिटीमा नम्बर वान दावी गरेको ४०० केभी प्रसारण लाइनको कन्डक्टर उत्पादन गर्ने देशको एक्लो विद्युतीय केबल उत्पादक लिटमसले झापाका इलेक्ट्रिसियनहरुसंग अन्तरक्रिया गरेको छ ।

लिटमस इन्डस्ट्रिजले शनिवार बिर्तामोडमा इलेक्ट्रिसियनहरुको भेला आयोजना गरी असुरक्षित तारबाट आगलागीजस्ता घटना हुने भएकाले सबैभन्दा सुरक्षित लिटमस केबल प्रयोग गर्न आग्रह गरेको थियो । कम्पनीको उत्पादनको प्रचारका क्रममा मार्केटिङ मेनेजर कुश रावलले जथाभावी विद्युतीय केवल प्रयोग गर्दा असुरक्षा हुने भएकाले आफूले पनि सुरक्षित तार प्रयोग गर्न र उपभोक्तालाई पनि त्यही सल्लाह दिन इलेक्ट्रिसियनहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा उनले लिटमस केवलका विशेषताका बारेमा प्रकाश पारेका थिए ।

लिटमस केवलको डिलरसीप बिर्तामोडको महाकाल सप्लायर्स र ओमहरि ट्रेडर्सले लिएका छन् । कार्यक्रममा महाकाल सप्लायर्सका प्रोप्राइटर विवेक मित्तलको पनि सहभागिता रहेको थियो ।कार्यक्रममा झापाका १४७ जना इलेक्ट्रिसियनको सहभागिता रहेको थियो । उनीहरुले लिटमस केवलका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । त्यस अवसरमा प्रश्नोत्तर कार्यक्रम राखिएको र विजेतालाई उपहार प्रदान गरिएको मार्केटिङ मेनेजर रावलले बताए ।

हाल बुटवल औद्योगिक क्षेत्रको दुई बिघा क्षेत्रफलमा लिटमस इन्डस्ट्रिजले विभिन्न प्रकारका कन्डक्टर तथा केबल उत्पादन गर्दै आएको छ । सो इन्डस्ट्रिजले ४ अर्ब लगानीमा उत्पादन प्लान्ट विस्तार गर्ने भएको छ । बुटवलमा १ अर्ब रुपैयाँ लगानीको प्लान्टबाट उत्पादन गरिरहेको कम्पनीले परासीमा नयाँ प्लान्ट स्थापना गर्न लागेको हो । नयाँ प्लान्टबाट पनि ४०० केभी प्रसारण लाइनमा लाग्ने एचटी केबल नै उत्पादन गर्ने कम्पनीका उपाध्यक्ष सरोज मिश्राले जानकारी दिए । लिटमसले अहिले इनरुवा–ढल्केवर ४०० केभी प्रसारण लाइनमा कन्डक्टर आपूर्ति गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्