झापा, चैत २५ । थारु जातिबाट स्नातकोत्तर उत्तीर्ण गरेका झापाका १२ जनालाई सम्मान गरिएको छ ।

थारु कल्याणकारिणी सभा झापाको शनिवार बिर्तामोडमा आयोजित १२ औं जिल्ला अधिवेशनमा स्नातकोत्तर उत्तीर्ण गरेकाहरुलाई सम्मानपत्रले सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा जितलाल चौधरी ,अरुणा चौधरी , महेन्द्रप्रसाद चौधरी , सन्तोषकुमार चौधरी , राकेश चौधरी ,सुष्मा चौधरी, कुसुमकुमारी चौधरी ,सावित्री चौधरी , रमेश चौधरी , टीका चौधरी , लीलाप्रसाद चौधरी र दुर्गानारायण चौधरी रहेका छन् ।

त्यस्तै यस वर्षको स्थानीय तहको निर्वाचनमा थारु समुदायबाट निर्वाचित चार जना जनप्रतिनिधिलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा गौरादह नगरपालिकाकी नगर उपप्रमुख जलवर्षा राजवंशी चौधरी , बुद्धशान्ति गाउँपालिकाका वडा सदस्यहरु रीता चौधरी , रामलखन चौधरी र कन्काई नगरपालिकाकी कार्यपालिका सदस्य सुशिला चौधरी रहेका छन् ।

थारु कल्याणकारिणी सभा झापाका अध्यक्ष पुष्पलाल चौधरीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष कनु्लाल चौधरीको प्रमु्ख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला ,सम्मानित मध्येबाट गौरादह नगरपालिकाका नगर उपप्रमुख जलवर्षा राजवंशी चौधरी , शिक्षक लीलाप्रसाद चौधरी, थारु महिला सभाकी अध्यक्ष अरुणा चौधरी ,बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ,थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्यहरु हरिनारायण चौधरी , कृष्णमाया चौधरी , केन्द्रीय पार्षद श्रीप्रसाद चौधरी , राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीलगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष हरिनारायण चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव लवकुमार चौधरीले गरेका थिए ।

आइतवारसम्म चल्ने सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा लवकुमार चौधरीले उम्मेदवारी दिने बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्