झापा, चैत २६ । हल्दिबारी गाउँपालिका वडा नं–३ मा रहेको ढडुवा बजारमा फोहोर हाल्न बजार व्यवस्थापन समितिको सक्रियतामा डस्टबिन राख्ने काम भइरहेको छ ।

केही दिनअघि बार्षिक उत्सवको अवसरमा सहारा साकोसले बजार व्यवस्थापन समितिलाई १० थान डस्टबिन हस्तान्तरण गरेको थियो।

बजार व्यवस्थापन समिति गठन भएपछि सरसफाइ अभियानमा थप सक्रियता बढेको समितिले जनाएको छ । समितिको आज बसेको बैठकले कोरोना कहरदेखि रोकिएको हाटबजारलाई पुनः संचालन गर्नका लागि आम व्यापारीहरुलाई आव्हान गर्ने निर्णय गरेको छ । साथै सो हाट हप्ताको सोमबार लगाउने र बजारमा आउन प्रचारप्रसार सुरु गर्ने निर्णय पनि गरिएको छ।

बैठकपछि ३ नं वडा कार्यालयले प्रदान गरेको १५ हजार बराबरको सरसफाइ सामग्री जनप्रतिनिधिले बजार समितिलाई हस्तान्तरण गरेका थिए। बजारलाई सफा, सुन्दर र स्वच्छ बनाउन बजार समितिले फूल रोप्नका लागि गमला बनाउने काम पनि गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्